दीपिकालाई 'मिस युथ नेपाल-२०१५' को उपाधि
काठमाडौं : ट्रिक मिडियाले आयोजना गरेको सौन्दर्य प्रतियोगिता 'मिस युथ नेपाल-२०१५' को उपाधि ललितपुर हरिसिद्धिकी दीपिका केसीले जितेकी छन्।
जमलस्थित राष्ट्रिय नाचघरमा भएको प्रतियोगितामा डीएभी कलेज अफ म्यानेजमेन्टमा बीबीए अध्ययनरत केसीले बेस्ट फिजिक्सको उपाधि पनि हात पारिन्। प्रतियोगितामा ललितपुर भैंसेपाटीकी पूजा भेटवालले फस्ट रनरअपका साथै मोस्ट कन्फिडेन्सको उपाधि पाइन् भने काठमाडौं सतुंगलकी प्रेरणा खनालले सेकेन्ड रनरअप एवं मोस्ट क्रिएटिभ उपाधि हात पारिन्।
कला सुब्बाको कोरियोग्राफीमा भएको प्रतियोगितामा ३१ जना युवती सहभागी थिए।
प्रतियोगीलाई विभिन्न उपाधि प्रदान गरिएको कार्यक्रममा बद्री न्यौपाने, सीताराम पोखरेल, प्रदीपकुमार उदय, भरत शाक्य, नन्दिता केसी, सरिता लामिछाने, शान्तिराम राई निर्णायकमण्डलमा थिए।


0 comments
Write Down Your Responses